

पछिल्लो २४ घन्टामा २२९९ जनामा संक्रमण पुष्टी, ३४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २२९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५ सय ९६ कोरोना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ४५१ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

