भियतनामी नेता हो चि मिन्हको उदाहरण दिँदै यसो भन्छन् प्रधानमन्त्री ओली


काठमाडौं– भियतनामी कम्युनिस्ट पार्टीका नेता हो चि मिन्हको उदाहरण दिँदै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको विकल्प नभएको बताएका छन्।

शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भने,‘पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता नै हो।’

उनले त्यसका लागि आफूले सार्थक पहल गरिरहेको जानकारी पनि दिएको केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन्। उनले एकताका निम्ति आजको बैठकमा उपस्थित हुनका लागि नेता माधवकुमार नेपाललाई टेलिफोन गरी बोलाएका थिए।

प्रतिक्रिया