युरोकप २०२०: क्वाटरफाइनलका खेल आजदेखि सुरु

पहिलो खेलमा स्वीटजरल्याण्ड र स्पेन भिड्दै


काठमाडौं – युरोकप–२०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलस्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९ः४५ बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।

अर्को खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२ः४५ बजे जर्मनीको म्युनिकमा हुनेछ ।

दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।

बाँकी दुई क्वाटरफाइनल खेल शुक्रबार हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

प्रतिक्रिया