पछिल्लो २४ घण्टामा २७६० जनामा संक्रमण पुष्टि, ४०१७ जना संक्रमण मुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ७६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

अहिले देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७ हजार १३० पीसीआर र ३ हजार ८५५ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९८५ जनाको कोरोना परीक्षण भएको छ ।

जसमा १८ सय ५७ पीसीआर र ९०३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया