पाठ्यपुस्तकमा पुरानै नक्सा छाप्नेलाई स्पष्टीकरण


काठमाडौं – विद्यालय तहका पाठ्यपुस्तकमा पुरानो नक्सा छापेर वितरण गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको हो।

पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशन अनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै बिक्री वितरण गर्न भनेको थियो। उक्त निर्देशनको अवज्ञा गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको भेटिएपछि केन्द्रले फेरि प्रकाशक तथा बिक्री वितरकहरूलाई सचेत गराएको छ।

केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।’

अनुगमनका क्रममा कक्षा २, ३ र ६ मा पुरानै पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक बिक्री वितरण भएको पाइएको पनि उल्लेख छ।

प्रतिक्रिया