जातीय विभेद प्रकरण : शिक्षामन्त्री श्रेष्ठलाई आइन्दा गल्ती नगर्न प्रधानमन्त्रीले गराए सचेत


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई जातीय विभेदको बारेमा सचेत गराएका छन् ।

जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा शिक्षा मन्त्री श्रेष्ठले लिफ्ट दिएका दिए । सोही प्रसंगलाई लिएरप्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । तीन दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नो झण्डावाल गाडीमा लिफ्ट दिएर लगेका थिए ।

प्रतिक्रिया