

वीर अस्पतालमा डा. गौतम आतंकः उपकरण खरिद र कर्मचारी छनोटमा करोडौं भ्रष्टाचार
कानुनी उपचारको खोजीमा कर्मचारी

काठमाडौं – सरकारद्वारा सर्वाधिकारसहित कोभिड अस्पताल घोषित मुलुककै पुरोना र ठूलो सरकारी अस्पताल वीर अस्पतालको प्रमुखमा नियुक्त भएपछि डा. जागेश्वर गौतमले आतंक मच्चाएका छन् । कोभिड–१९ को यस महामारीको समयमा सरकारले कोरोना नियन्त्रण एवं उपचारका लागि अध्यादेशमार्फत् युनिफाइड केन्द्रीय अस्पतालको रुपमा घोषित गरी डा. गौतमलाई प्रमुख प्रशासकीय अधिकारीको रुपमा नियुक्त गरेको हो ।
न्याम्स ऐनअनुसार प्रतिष्ठानको ऐनअनुसार नै प्रमुख प्रशासकीय अधिकृत नियुक्ति हुनुपर्नेमा सरकारले अध्यादेश बमोजिम स्वास्थ्य मन्त्रालयले नै सञ्चालन गर्ने तया स्वास्थ्य सेवाको ११ औं तहको चिकित्सकलाई नियुक्त गर्ने व्यवस्था गर्नु नै न्याम्स ऐन विपरित रहेको वीर अस्पतालका पूर्व प्रशासकहरुले जनाएक छन् ।
चिविराप्र ऐनको दफा -४ मा प्रतिष्ठान पुर्ण रूपमा स्वायत्त रहने ब्यवस्था छ भने ऐन को दफा ५ मा प्रतिष्ठानको स्वरुपपमा वीर अस्पताल रहने स्पष्ट व्यवस्था छ, साथै दफा १४ (२) मा वीर अस्पताल चिविराप्रको हुने व्यबस्था छ तर जेठ ६ गते जारी गरेको अध्यादेशले ऐन विपरीत मन्त्रालयले हस्तक्षेप गरेको वीर अस्पतालकै पूर्व भिसि, निर्देशक र बरिष्ठ चिकित्सकहरू बताउँछन् ।
सरकारले वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाए पनि प्रतिष्ठान कै मातहत रहनुपर्ने वीर अस्पतालका कर्मचारीहरुको माग रहेको छ । स्वास्थ्य सचिव र डा. गौतमको मिलेमतोमा न्याम्स ऐनको धज्जी उठाउँदै कोभिड नियन्त्रण र रोकथाम होइन कोभिडको नाममा ‘कमाउधन्दा’ चलाएको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताउँछन् ।
डा. गौतमले स्वास्थ्य सचिवसँगको मिलेमतोमा अस्पताल प्रमुख नियुक्त भएर आएसँगै करोडौंको उपकरण खरिद सम्झौता गरिसकेका छन् । गौतम आउनुपूर्व नै नयाँ सर्जिकल भवन २५० बेड तयारी गरि कर्मचारी माग भई छनोट भईसकेको र नयाँ भवनलाई चौधरी ग्रुपले आक्सिजन प्लान्ट र आइसियु जडानको काम गर्दै गर्दा मन्त्रालयले हस्तक्षेप गर्दै सो काम रोक्नुमा गौतमको चलखेल भएको कर्मचारी संघको ठहर छ । त्यस्तै नयाँ कर्मचारी नियुक्तिमा पनि गौतमले अनियमितता गर्दै छनोट प्रक्रिया अगाडि बढाएको दाबी गरिएको छ ।
गौतमले गत असार ९ गते झन्डै एक अर्बको टेन्डर जम्मा ५ दिन समय दिएर र १० गते ३ दिन समय दिएर आफुनिकटसँग पहिलै सबै स्पेक मिलाएर टेन्डर आह्वान गरेका छन्् । यो टेन्डर अरु कसैलाई समय नदिई आफै निकटलाई दिन छोटो समय राखेको र उनकै लगानी रहेको कम्पनीका पार्टनरलाई म्याक्सिम इन्कपोरेड टेर्डसलाई हुने गरी स्पेक तयार गरी टेन्डर आह्वान गरेका छन् । गौतमको यस अनियमिततामा उपनिर्देशक डा. नवीन पोखरेल, अहेव विण्णु फुयाँल, भगवती थपलिया, श्याम बिकलगायतले साथ दिइरहेको जनाइएको छ ।
त्यस्तै गौतमले उपकरणको स्पेक मिलाउन भावना बराल नामक व्यक्तिलाई जिम्मेवारी दिएको पनि जनाइएको छ । सिन्धुली स्थायी घर भई शंखमुलमा ७ करोडको घर किनेकी बराल यसअघि शिक्षण अस्पतालमा अनियमितता गरेपछि निकालिएकी कर्मचारी हुन् । गौतमले बराललाई स्वास्थ्य सचिवको सिफारिशमा नियुक्ति पाएको दाबी गरिएकी बरालले हाल म्याक्सिमकै कार्यालयमा बसी वीर अस्पताल खरिद प्रमुख थपलियासँग मिलेर म्याक्सिमलाई टेन्डर हुने गरि स्पेक बनाउने गरेको बताइन्छ ।
म्याक्सिम भन्ने कम्पनी गौतम नै व्यावसायिक पार्टनर रहेका पर्वत उरामपोखराका सुन्दर भुषालको नाममा दर्ता रहेको छ । सो कम्पनीमा डा. गौतमको पनि शेयर रहेको जनाइएको छ । डा. गौतमसँग अहिले पनि मौलाकालिका अस्पताल चितवन, ग्यालेक्सी इन्भेष्टमेन्ट, अमाजोन इन्भेष्टमेन्ट, क्यान्भास एजुकेशन र नारायणी अक्सिजनमा करोडौंको शेयर रहेको जनाइएको छ । सरकारी कर्मचारीको यति धेरै कम्पनीहरुमा लगानी र अकूत सम्पत्ति देखिनु पक्कै पनि जायज मानिँदैन होला । त्यसअघि गौतमले चितवन मेडिकल कलेजका अध्यक्ष दाबी गर्दै कीर्ते हस्ताक्षर गरेर भारतीय नागरिक दिलसुखभाई अग्रवाललाई सिएमसीको शेयर बेचेको जनाइएको । सो मुद्दामा गौतमलाई अदालतले कीर्ते ठहर गरी ३ हजार २५० रुपैयाँ जरिवानासमेत गरेको जनाइएको छ ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९ (१) क अनुसार सरकारी सेवामा कार्यरत कर्मचारी ले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सन्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजि अस्पताल खोल्न तथा सन्चालन गर्ने पाइदैन तर डा.गौतमले हालसम्म करोडौ लगानि गरिरहेका छन किन सम्मधित निकाय छानवीन गर्दैन ?
वीर अस्पतालका बरिष्ठ चिकित्सकहरु कानूनी उपचारको खोजी गरेका छन् । गौतमले मातहतका डाक्टरलाई धम्काउने, जागिर खाइदिन्छु भन्ने लगायत मानसिक तनाव दिने गरेको कर्मचारीहरु बताउँछन् । गौतमको विभिन्न अनियमितताका बारेमा कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, सिसिएमसि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पत्ति शुद्दीकरण, सिआइबि, स्वास्थ्य मन्त्रालयलगायतमा न्याम्स कर्मचारी समुहले उजुरी दिई सकेका छन् ।
वीर र ट्रमा सेन्टरको खरिद एकाईको भष्ट्राचार बारेमा प्रधानमन्त्रि कार्यलयको निर्देशनपछि स्वास्थ्य मन्त्रालयद्वारा गठित छानबीन समितिको राय प्रतिवेदन अनुसार भगवती थपलिया, नवीन पोखरेल, डा. गौरव ढकाल, विण्णु फुयाल र सरुवा भएकालाई तत्काल रमाना दिएर जागेश्वरको अकुत सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याएको खण्डमा वीर अस्पतालको गुणस्तरीयता देखिने कर्मचारीलेहरुले विश्वास लिएका छन् ।

