साविक विजेता पोर्चुगललाई हराउँदै शीर्षस्थानको बेल्जियम क्वाटरफाइनलमा


स्पेन — बेल्जियम जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता र फिफा र्याङ्किङमा शीर्ष स्थानमा रहेका दुई टीमको भिडन्तमा फिफा र्याङ्किङको टिमले बाजी मारेको हो ।

स्पेनमा आइतबार राति भएको प्रिûक्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।

समूह चरणमा अपराजित बेल्जियम समूह ुबीु को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

त्यस्तै आइतबार नै सम्पन्न अर्को खेलमा चेक रिपब्लिकले नेदरल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया