

बुढानिलकण्ठ स्कुलको मनपरीः सेटिङका विद्यार्थी राख्न पास भएकालाई फेल गराउन ‘रिटेस्ट’

काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ स्कुलले कक्षा ५ का लागि भर्ना लिन प्रवेश परिक्षामा पास गरिसकेका २१ जना विद्यार्थीलाई ‘रिटेस्ट’ भन्दै सोमबार बोलाएको छ।
जबकि भर्चुअल माध्यमबाट प्रवेश परिक्षा उत्तिर्ण गर्ने ८९ जना मध्य २१ जनालाई मात्र रिटेस्टका लागि आउन भन्दै अभिभावकलाई स्कुल प्रशासनले फोन गरेको थियो।
अध्ययनका लागि नामी रहेको उक्त विद्यालयमा स्थानीय सरकारका पदाधिकारी, राजनीतिक दलका नेता, प्रहरीका उच्च अधिकारी, सरकारी कर्मचारीका उच्च ओहदाका व्यक्तिका सन्तानलाई भर्ना गराउनका लागि यसरी ‘रिटेस्ट’को बाहना बनाइएको हो।
‘प्रवेश परिक्षामा पास गरी विद्यालयले सूची नै जारी गरिसकेको अवस्थामा फेरि रिटेस्ट भनी सीमित विद्यार्थीलाई मात्र किन बोलाइयो?’, एक अभिभावक प्रश्न गर्छन्,‘उच्च तहका व्यक्तिका सन्तानलाई राख्नका लागि पास भइसकेका विद्यार्थीलाई दबाब दिन मिल्छ?’
स्कुलको उक्त कमदका कारण कक्षा ५ मा पढ्ने विद्यार्थीमा मनोवैज्ञानिक असर समेत पर्न सक्ने अभिभावकहरुको गुनासो रहेको छ। कोरोना महामारीको यो समयमा स्कुलले यसरी विद्यार्थीलाई मनोवैज्ञानिक र त्रसित बनाउन नमिल्ने जिकिर अभिभावकले गरेका छन्।
‘रिटेस्ट गर्दा र केही विग्रिएको भए सबैको गर्नुपर्ने तर छानी छानी २१ जनाको मात्र किन गरिँदैछ? यसमा शंका छ’, अर्का अभिभावक भन्छन्,‘यसले स्कुलमाथिको विश्वसनियता कहाँ कायम रह्यो र?’
उक्त विषयमा स्कुलले कारण समेत खुलाएको छैन। स्कुलका प्रिन्सिपल भने होमनाथ आचार्य हुन्।
हेर्नुहोस् स्कुलले जारी गरेको प्रवेश परिक्षा पास भएको विवरण

