

६०-६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप असार २२ गतेदेखि

काठमाडौँ- सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका उक्त उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने भएको हो ।
सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो । डा गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका जेष्ठ नागरिक ३ लाख ७० हजार छन् ।
भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत दोस्रो डोज दिइने उनले बताए ।

