अफगानिस्तानमा ५.१ म्याग्‍निच्यूडको भूकम्प


काबुल – अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्‍निच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराइमा थियो ।
भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।–एएनआई

प्रतिक्रिया