

कांग्रेसका निधी, कोइराला र सिंहबीचको दोस्रो छलफल

काठमाडौं – नेपाली कांग्रेसको आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच दोस्रो भेटवार्ता भएको छ ।
महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा भएको भेटघाटमा आगामी १४ औं महाधिबेशनका बारेमा रणनीतिका साथै कसरी मिलेर अघि बढ्ने भन्ने लगायतका बिषयमा पुनः छलफल भएको जनाइएको छ ।
यसअघि यी तीन नेताबीच विमलेन्द्र निधि निवासमा छलफल भएको थियो । निधिले सभापतिमा दाबेदारी पेश गर्दै भेटघाट र छलफलक्रम बढाइरहेका छन् ।

