

अफ्रिकाकी यी महिलाले एकैपल्ट १० बच्चा जन्माएको खबर झुठो

काठमाडौं – दक्षिण अफ्रिकाकी एक महिलाले हालै एकै पटक १० वटा सन्तान जन्माएको भनेर समाचारहरु आएका थिए । यो खबर सत्य भइदिएको भए उनी एकै पटक बढी सन्तान जमाउने विश्वकै पहिलो महिला हुने थिइन् ।
तर एकैपटक १० वटा बच्चा जन्मिएको खबर झुठो दाबी मात्र भएको र त्यो खबर असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ । बीबीसीका अनुसार ३७ वर्षकी गोसियामे थामरा सिथोले १० वटा सन्तान जन्माएको खबर आएका थिए, उनले खाउटेङ् प्रान्तको अस्पतालमा बच्चा जन्माएको बताइएको थियो ।
तर त्यहाँका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जानकारी दिएको हो । स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको बताइएको छ ।
ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ । एजेन्सी

