दिपावलीको सन्देश दिँदा ट्रोलमा परे विराट


नयाँदिल्ली(एजेन्सी)– भारतीय क्रिकेट टिमका कप्ता विराट कोहलीले दिपावलीको अवसर पारेर सबैलाई शुभकामना दिँदै एक भिडियो ट्वीटरमा शेयर गरेका थिए । १८ सेकेण्डको यो भिडियोमा विराटले ‘मेरो तर्फबाट तपाईं र तपाईंको परिवारलाई धेरै धेरै शुभकामना । भगवान तपाईंलाई यो दिपावलीमा शान्ति, समृद्धि र खुशी प्रदान गरुन् । याद राख्नुहोस् कि पटाका नपडकाउनुहोस्, पर्यावरणको रक्षा गर्नुहोस् र यो शुभ अवसरमा एक साधारण दियो र मिठाईका साथ आफ्नो प्रियजनका साथ घरमा नै खुशी मनाउनुहोस् । भगवान तपाईं सबैको कल्याण गरुन । आफ्नो ख्याल राख्नुहोला’ भनेका थिए । विराटको यो भिडियो सन्देशपछि उनी ट्रेन्डमा परेका छन् ।

धेरै ट्वीटर प्रयोगकर्तालाई विराटको यो सन्देश मनपरेको छैन । तर एक ठूलो संख्यामा उनको प्रशंसकले उनको सन्देशको समर्थन गरेका छन् । जसकारण ट्वीटरमा ‘ह्यासट्यागआइस्टेण्डविथविराट’को ट्रेन्ड शुरु गरेका छन् । तर ट्वीटरमा एउटा अर्को ट्रेन्ड पनि टपमा छ । जसको सम्बन्ध पनि यो भिडियो सन्देशसँग जोडिएको छ । यो विराटको नामबाट होइन, तर मामला त्यही भिडियो सन्देशसँग जोडिएको छ । यो ह्यासट्याग पनि मानिसहरुले अनुष्का र विराट कोहली प्रति आफ्नो चिन्ता व्यक्त गरेका छन् ।

यद्यपि विराटको अपिल कुनै नयाँ होइन । पर्यावरण र मानिसको स्वास्थ्यमा ध्यान राख्दै देशको कैयौं राज्यमा पटाका पड्काउन प्रतिबन्ध लगाइएको छ । जुन जुन राज्यमा यसको छुट मिलेको छ, त्यसमा पनि कैयौं सर्त लगाइएका छन् । तर ट्वीटरमा मानिसले विराटको कुरालाई लिएर निकै अलग किसिमको प्रतिक्रिया दिएका छन् । कैयौं प्रयोगकर्ताले केही समय अघि आफ्नो जन्मदिनमा पटाका पडकाउदा तपाईंले केही भन्नुभएन भन्ने प्रश्न पनि गरेका छन् । एक अन्य प्रयोगकर्ता निशिथ सरनले ‘तपाईं क्रिकेट खेल्नुहुन्छ र आफूलाई सामाजिक या धार्मिक या हिन्दुको विचारक सम्झिने गल्ती कहिले पनि नगर्नु होला’ भन्दै लेखेका छन् ।

विराटलाई ट्रोल गर्दै केही व्यक्तिले उनको जीवनशैली, उनको गाडीहरु र उनको विमानलाई लिएर पनि कुरा उठाएका छन् । उनीहरुले सबै कुरा आफैं गरेपछि पर्यावरणको बारेमा किन नसोचेको र अरुलाई ज्ञान दिइरहेको सम्म भनेका छन् । एक प्रयोगकर्ताले क्रिकेट फिल्ड बनाउनका लागि रुखको कटान र पानी सकाएको उदाहरण दिँदै विराटमाथि निशाना साधेका छन् । राजीव सुदले आफूले पालना गर्ने ज्ञान मात्र अरुलाई दिन आग्रह गरेका छन् ।

एक समूहले विराटको विरोध गरिरहँदा उनको समर्थन गर्नेको संख्या पनि उत्तिकै छ । एक प्रयोगकर्ताले तिहार कहिले पनि पटाकाको तिहार नभएको र यो उज्यालोको तिहार भएकाले विराटले केही गल्ती नगरेको लेखेका छन् । आर्या नामका अर्का प्रयोगकर्ताले ट्रोल हुने डरले यस्तो सन्देश दिन सेल्रिबेटीहरु पछाडि परिरहेको अवस्थामा विराटले सही सन्देश दिएर आफूलाई राजाको रुपमा स्थापित गराएको दाबी गरेका छन् ।

प्रतिक्रिया