आजबाट पठाओ र टुटल सेवा पनि सञ्चालनमा


काठमाडौं – आज (मंगलबार) देखि पठाओ र टुटल सेवा सञ्चालनमा आएका छन् । करिब दुई महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो ।

टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् । काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको छ । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । करिब दुई महिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।

पठाओ कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालले निषेधाज्ञाकै बीच सरकारले जोरबिजोर लागु गर्दा टुटल र पठाओ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार पठाओ कम्पनीमा सरकारको लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा सञ्चालन सुरु गरेको छ ।

टुटल सेवा पनि सञ्चालन गरिने टुटल कम्पनीले जनाएको छ । सरकारले कोरोना महामारी रोकथाम गर्न निजी सार्वजनिक सवारी साधन वैशाख १६ गतेदेखि सञ्चालनमा छैनन् ।

प्रतिक्रिया