

हास्यकलाकार मनोज गजुरेल कोरोनामुक्त

काठमाडौं – हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेको सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।
‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

