अमेरिकाको अलबामा राज्यमा आँधीमा परि ९ बालबालिकासहित १० जनाको मृत्यु


काठमाडाैं – अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको खबरमा उल्लेख छ । आँधीले कयौँ घरमा नोक्सानी भएको छ ।

घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी भइरहेको छ ।

प्रतिक्रिया