

२५०३ डिस्चार्ज, १३ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्यासँगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ भने कुल संक्रमितको संख्या २ लाख ८ हजार दुई सय ९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २५०३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।

