

ज्वाला संग्रौला र उनका श्रीमान हिमालमाथि युवा संघद्वारा निर्घात कुटपिट

काठमाडौं – युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेमाथि गौशाला प्रहरी वृत्तमा आक्रमण गरेको ज्वाला संग्रौला समूहलाई युवा संघका युवाहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा कुटपिट गरेका छन्।
आफूमाथि कुटपिट भएपछि खुस्बुले उनीहरुविरुद्ध टेकु प्रहरी परिसरमा उजुरी गरेकी थिइन्। प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो। त्यही क्रममा उपाध्यायमाथि कुटपिट भएको हो।
संग्रौला र उनका श्रमिान हिमाल उपाध्यायमाथि निर्घात कुटपिट भएको भएकोहो। उनीहरुमाथि महानगरीय प्रहरी परिसर टेकुमा कुटपिट गरिएको हो। यता प्रहरीले परिसर बाहिर कुटपिट भएको दावी गरेको छ।
उनीहरुलाई कुटपिट गर्नेहरु युवा संघका युवाहरु सुजन खत्री र सुमन चित्रकार रहेको प्रहरीले जनाएको छ। यद्यपी प्रहरीले उनीहरुलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
यता, प्रहरीले दुवै समूहलाई छलफलको लागि बोलाएपनि सहमति हुन नसकेपछि कथित अभियान्ता संग्रौलासहित उपाध्याय र शर्मिला वाइवालाई नियन्त्रणमा लिएर हिरासतमा लिएको छ।
उनीहरुविरुद्ध प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ। पक्राउ परेका तीनै जनामाथि कुटपिट तथा अभद्र व्यवहार मुद्दा चल्ने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए।
यसअघि ११ जेठमा संग्रौलाको समूहले महानगरीय ट्राफिक प्रहरी प्रभागमा कार्यरत सहायक निरीक्षक (असई) मणिकान्त झामाथि नश्लीय टिप्पणी प्रयोग गरेर ‘एनी हाउ सरुवा’ गरिदिने चेतावनी दिएको थियो।

