विपद् व्यवस्थापनबारे गृहमन्त्री अधिकारीलेले गरे प्रदेशका मन्त्रीसँग छलफल


काठमाडौं – गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् ।

मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

छलफलको क्रममा प्रदेश मन्त्रीहरूले मन्त्री अधिकारीलाई सङ्घीय प्रहरी ऐन चाँडै ल्याउन सुझाव दिएका छन् । प्रदेशका एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्री छलफलमा प्रदेश मन्त्रीहरूले मन्त्री अधिकारीलाई प्रहरी समायोजन छिटो सक्न पनि आग्रह गरेको बताए ।

छलफलमा व्यवस्थापन, कोरोना महामारी, मुलुकको शान्ति सुरक्षा लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।

प्रतिक्रिया