

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

वीरगन्ज – बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।
आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार विक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् ।
घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

