

एरिक्सन भए अस्पतालबाट डिस्चार्ज

एजेन्सी – डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डेनिस एफएले शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
युरोकप फुटबल अन्तर्गत शनिबार फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेपछि एरिक्सनलाई अस्पताल भर्ना गरिएको थियो ।
फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए । इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १–० ले पराजित भएको थियो ।
Christian Eriksen has been discharged from the hospital. More here ⬇️#ForDanmark pic.twitter.com/jzF338XiC1
— DBU – En Del Af Noget Større (@DBUfodbold) June 18, 2021
यस्तै एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको छ ।
डेनिस एफएले एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको जनाएको छ ।

