कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ लाख नाघ्यो


काठमाडौं – विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ९ सय ४१ जनाको मृत्यु भएसँगै हालसम्म विश्वभर कोरानाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ८ हजार ५ सय ६४ पुगेको छ ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा ६ लाख ५५ हजार ९ सय ७२ नयाँ संक्रमित थपिएको विश्वमा हालसम्म संक्रमित हुनेको संख्या ५ करोड ३७ लाख ३२ हजार १ जना पुगेको छ । ती मध्ये सबैभन्दा धेरै अमेरिकामा १ करोड १० लाख ६४ हजार १ सय ५६ रहेका छन् भने नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ८७ लाख ७३ हजार २ सय ४३ पुगेका छन् ।

अमेरिकामा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४९ हजार ९ सय ७४ पुगेको छ भने भारतमा १ लाख २९ हजार २ सय २५ पुगेका छन् ।

विश्वमा हालसम्म ३ करोड ७५ लाख १३ हजार ६ सय ४३ जना कोरोनामुक्त भइसकेका छन् । ती मध्ये सबैभन्दा धेरै भारतमा ८१ लाख ६१ हजार ४ सय ६७ जना कोरोनामुक्त भएका छन् ।

पछिल्ला दिनमा युरोपेली मुलुक फ्रान्स, स्पेन, बेलायतलगायतका देशहरुमा संक्रमित र मृतकको संख्या बढ्दो क्रममा रहेका छन् । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै २३ हजार ७ सय ९४ संक्रमित थपिएका छन् भने ९ सय ३२ जनाको मृत्यु भएको छ । फ्रान्समा हालस्म्म ज्यान गुमाउनेको संख्इा ४३ हजार ८ सय ९२ पुगेको छ ।

प्रतिक्रिया