

पत्रकारलाई खोपको माग गर्दै सर्वोच्चमा रिट, आइतबार सुनुवाई हुने

काठमाडौं – देशभरका पत्रकारलाई कोभिड–१९ को खोपको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
कोरोना महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई खोप लगाउन पाउनुपर्ने मागसहित अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णुकुमार गिरीले रिट दायर गरेका हुन् ।
स्वास्थ्य सेवा विभागलाई विपक्षी बनाए दायर गरिएको रिटउपर आगामी आइतबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

