

मेलम्ची बाढी पीडितका लागि काठमाडौं महानगरले २ करोड दिने

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
अविरल वर्षाका कारण मेलम्चीमा मंगलबार राति आएको बाढीमा २० जना बेपत्ता भएका छन् भने हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ । र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पूर्ण क्षति पुर्याएको छ ।

