

उपमेयर खड्गीलगायतले यसकारण बहिस्कार गरे महानगरपालिकाको परिषद बैठक

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसहित नेपाली कांग्रेसका जनप्रतिनिधिले परिषद बैठक बहिस्कार गरेका छन्।
महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएपछि बहिस्कार गरेको खड्गीले जानकारी दिएकी छन्।
नगरपरिषद् विहीबारका लागि राष्ट्रियसभामा बोलाइएको थियो। मेयर विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्मा लैजान लागेकाले १४ जना वडाध्यक्षले पनि बहिस्कार गरिएको खड्गीको प्रतिक्रिया छ।

