४० लाख डोज चिनियाँ खोप खरिद गर्ने सरकारको निर्णय, साउनदेखि लगाउन सुरु


काठमाडौंसरकारले ४० लाख डोज चिनियाँ खोप खरिद गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकबाट चिनियाँ कम्पनी सिनोफर्मको खोप खरिदको निर्णय भएको उच्च स्रोतले जानकारी दियो।

उक्त खोप खरिद सम्झौताको विषयमा भने सार्वजनिक गरिनेछैन। चिनियाँ कम्पनीको सर्तअनुसार नै सरकार त्यसमा राजी भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संकट व्यवस्थापन निर्देशक समितिको बैठकमा ४० लाख खोप साउनदेखि लगाउनेगरी ल्याउने प्रक्रिया बढेको बताएका थिए।

उक्त समितिको संयोजक प्रधानमन्त्री ओली आफैं छन्। खोप खरिदको निर्णयसँगै स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले उक्त प्रक्रिया अगाडि बढाउनेछ।

सरकारको यो निर्णयका विषयमा विहीबार दिउँसो प्रवक्ताले जानकारी दिनेछिन्।

प्रतिक्रिया