कर तिर्न सुचना जारी गर्दै सरकारले तोक्यो समय


काठमाडौं – असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सरकारले सूचना जारी गरेको छ ।

आन्तरिक राजस्व विभागद्वारा जारी सुचना अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

हेर्नुहोस् आन्तरिक राजस्व कार्यालयको सूचना :

प्रतिक्रिया