

देशभर थप २८२८ संक्रमित, ३०८२ ले जिते कोरोना, ५२ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २८२८ संक्रमित थपिएका छन् ।
नेपालका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टीजेन गरी १३ हजार २२ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ३०८२ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोना निको हुनेको संख्या ५४३५२१ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८५५८ पुगेको छ ।

