

बाढीग्रस्त मेलम्चीको पछिल्लो अवस्था (तस्विरहरु)

सिन्धुपाल्चोक – अविरल वर्षापछि आएको बाढी-पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् ।
तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । अहिले बस्तीको बाढी केही मथ्थर भएसँगै मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सार्न थालेका छन् ।
अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ । स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी-पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।
हेर्नुहोस् घटनास्थलको पछिल्लो ताजा तस्विर :
तस्विर :आदित्य दाहाल

