

मेलम्चीको होटलमा अड्किएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट डुबेको मेलम्ची बजारस्थितको एक होटलमा फसेका २ जनालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ ।
मेलम्ची बजारमा रहेको रोज होटलको छतमा गुहार मागिरहेका उनीहरूलाई बुधवार बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो ।
मंगलवार रातिदेखि आएको बाढीले होटलको भूइँतला डुबाएपछि उनीहरू होटलको छतमा बसेका थिए ।
मेलम्ची बजार आसपासमा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ ।
बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन ।

