

एमाले कर्णाली संसदीय दलको बैठकमा पुनर्बहाली भएका तीन सांसद अनुपस्थित

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका चार सांसदमध्ये सांसद प्रकाश ज्वाला सहभागी भएका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बसेको बैठकमा यसअघि उनीसहित पुनर्बहाली भएका चार सांसदले बैठकमा सहभागी हुन अस्वीकार गरेपनि अन्तिम समयमा आएर ज्वाला सहभागी भएका हुन् ।
बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् ।
प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि आपसी सल्लाह गर्न बैठक बोलाइएको प्रमुख सचेतक गुलाबजंग शाहले बताए । बैठकले सरकारको नीति तथा कार्यक्रम बारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक शाहले जानकारी दिए ।

