बैतडी दुर्घटनाः झ्यालबाट खसेर बाँचे आमाछोरा


कैलाली — बैतडीको खोड्पे बस दुर्घटनामा परेकी दार्चुलाको दोगडाकेदार गाउँपालिका सलेनाकी २४ वर्षकी विमला कुँवर ऐरी धनगढीको माया मेट्रो अस्पतालको वार्डमा अचेत अवस्थामा छन्। विहीबार साँझ श्रीमान करनसिंह ऐरी र ढेड बर्षका छोरासहित पनवदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बसको सिट नम्बर ७र८ मा बसेर भाइटीकाको लागि कञ्चनपुरको बेलौरी माइतीमा आउन लागेकी थिएन्।

विहीबार साँझ बैतडीको पाटन आउँदा सम्म विमलालाई निन्द्राले छोएको थिएन। पाटन बजार आइपुग्दा राम्रोसँग बजार समेत हेरेको उनी बताउँछन्। गाडी एकछिन अघि पाटनमा विग्रेको थियो, उनले भनिन्, –‘त्यहाँ बनाएर गाडी हिडेको थियो म सुतेकी थिए, बाबु दुध खाईरहेको थियो, मस्त निन्द्रामा थिए, गाडीको टायर खस्के जस्तो लाग्यो, म झ्यालबाट बाहिर खसिसकेको रहेछु।’ बस खसेपछि ड्राइभर निदाए छन्, भन्ने आवाज मात्र सुनेकी थिए, म कसरी खसे त्यो बारे मलाई थाहा नै भएन, उनले भनिन्।

विमला त्यतिबेलासम्म बच्चालाई दुध चुसाईरहेकी थिइन्। तर उनी होसमा भने थिइन्। आफु होसमा नभएपछि त्यतिबेला श्रीमानको खोजी पनि गरिएन। विमला र बच्चालाई डडेल्धुरा अस्पतालमा ल्याईसकेको थियो। होस आएपछि डडेल्धुरा अस्पतालबाट फोन गर्दा मोवाईलको घन्टी बजेपनि फोन उठेन। विमला र छोरालाई थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरि उपचार भईरहेको छ। सँगै आएका श्रीमानको बस दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको बारेमा विमलालाई जानकारी नै छैन।

श्रीमानको बारेमा आफन्तले सोधेपनि डडेल्धुरामा उपचार गराईरहेका छन् भनेर जवाफ दिन्छन्। विमला माया मेट्रो अस्पतालको एक वार्डमा छन् भने ढेड वर्षका छोराको अर्का वार्डमा राखेर उपचार भईरहेको छ। विमलाको टाउँको, छात्ती, हात खुट्टामा चोट लागेको छ भने उनका छोरोको टाउँकोमा चोट लागेको छ। बस दुर्घटनापछि विमलाका श्रीमानलाई आफन्तले डडेल्धुरा अस्पतालबाट फोन गर्दा बसको तल मोवाइलको घण्टी बजेपछि करनसिंह ऐरी च्यापीएको प्रहरीले सनाखत गरेको थियो।

विमलाका आफन्तले पनि श्रीमानको मृत्यु बारे केही भनेका छैनन्। सलेना घर भएकी विमला र करनसिंहको निजामति सेवामा प्रवेश गर्ने ठुलो रहर थियो। बेलौरी माइतीमा तिहार मनाएर लोकसेवाको तयारीका लागि काठमाडौं जाने सोच बनाएका थिए। तर विहीबार साँझ खोड्पेमा भएको बस दुर्घटनाले विमलाले श्रीमान् त गुमाइन भविष्यको सपना समेत अधुरो रहर्यो। काठमाडौं गएर लोकसेवाको तयारी गरि कोठाको सामान ल्याएर घर फर्किने सोच विमलाको रहेको थियो। दुर्घटनामा ८ जनाको घट्नास्थलमा र एक किशोरीको उपचारका क्रममा डडेल्धुरा अस्पताल पु¥याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन्। यस्तै दार्चुलाको नौगाढका २० वर्षका पुरन टमट्टा असोज १ गते बुवाको मृत्यु भएपछि काठमाडौंबाट फर्किएका थिए। घरमा तिहार नहुने भएपछि शुक्रवार साँझ काठमाडौं जानका लागि सोही बसको वि साइटको ५ नम्बर सिटमा बसेका थिए।

मलाई निन्द्रा लागेर सुतेको थिए, बस तल खसेपछि मात्रै थाहा पाए,उनले भने,–‘म माथि खसेको थिए, बस तल पल्टीदै थियो, मलाई चोट लागेको थियो, तर पनि होसमा थिए।’केही बेर पछि त्यहाँबाट उठेर मोवाइलको लाइट बालेर १०० नम्बरमा बैतडी प्रहरीलाई फोन गरेर बस दुर्घटना बारे जानकारी गराएको पुरनले बताए। आफु खसेको ठाउँबाट माथि सडकमा गए, तल हेर्दा होहल्ला र कराएको आवाज सुनिन्थ्यो, उनले भने,–‘त्यसपछि त्यहाँ के भयो मलाई जानकारी भएन।’

पुरनका जेठा बुवाको छोरा काठमाडौं बस्ने गथेँ। पुरन पनि कक्षा ११ मा काठमाडौंको बुलु बर्ड कलेज कमलपोखरीमा अध्ययनका लागि काठमाडौं जान हिडेका थिए। उनले विहीबार महेन्द्रनगर बसेर शनिवार काठमाडौं जाने योजना बनाएका थिए। उनको पनि माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

बसका साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खाचलेकका बीरेन्द्र कार्कीले गाडीको स्टेरीङ नघुम्दा बस दुर्घटना भएको बताए। चालक कार्कीको पनि धनगढीकै माया मेट्रोमा उपचार भईरहेको छ।

प्रतिक्रिया