सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो


काठमाडौँ – नेपाली बजारमा सुनको मुल्य प्रतितोला ७०० रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार सुन मुल्य प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया