

एमाले नेता झलनाथ अस्वस्थ्य, उपचारका लागि नर्भिकमा भर्ना

काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी भएका छन् । उनलाई ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।
खनाललाई करिब एक महिनाअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।
उनको अहिले स्वास्थ्य सुधारोन्मुख रहेको उनको उपचारमा खटिएका चिकित्सकले जनाएका छन् ।

