नेतान्याहु इजरायली प्रधानमन्त्रीबाट पदमुक्त


काठमाडाैं – इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिएका छन् । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु बाहिरिनु भएको बीबीसीले जनाएको छ।

एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् । नेतान्याहुले ५९ मत प्राप्त गरे । पाँच पटक इजरायलको प्रधानमन्त्री बनेका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री थिए ।

विपक्षी गठबन्धनको सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्ने छन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया