नेपाली सेनाले ६ घन्टा स्ट्रेचरमा बोकेर संक्रमितलाई पुर्यायो अस्पताल


सोलुखुम्बु — नेपाली जनताको जीवन रक्षाका लागि आफ्नो ज्यानको परवाह नगर्ने नेपाली सेनाले उदाहरणीय काम गर्दै आएको छ । यसको ज्वलन्त उदाहरण आज फेरी सोलुखुम्बुमा देख्न पाइयो ।

नेपाली सेनाको एक टोलीले सोलुखुम्बुका कोरोना संक्रमणबाट संक्रमित बिरामीलाई ६ घन्टासम्म स्ट्रेचरमा बोकेर अस्पताल पुर्याएको छ ।

सोलुखुम्बुस्थित रणसुरु गुल्मको सुरक्षा पोष्ट मञ्जोबाट खटिएको एक टोलीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ मञ्जोमा बसोबास रहेकी कोरोना संक्रमित निर्मला शेर्पालाई लुक्ला अस्पताल पुर्याएको हो ।

कोरोना संक्रमणका कारण होम आईसोलेसनमै रहेको बेला शेर्पाको अवस्था एक्कासी गम्भीर भएपछि स्थानीयको सहयोग उक्त टोलीले अस्पताल पुर्याएको हो ।

यातायातको सुविधा नभएको मञ्जोबाट लुक्लासम्म पुर्याउनका लागि उक्त टोलीले ६ घन्टासम्म स्ट्रेचरमै बोकेर लगेको थियो ।

No description available.

No description available.

प्रतिक्रिया