नेपालमा थप २४०७ जनामा कोरोना पुष्टी, ३९९४ कोरोनामुक्त, ४६ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २ हजार ४ सय ७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये पीसीआर विधिबाट गरिएको परिक्षणमा १ हजार ६ सय ९४ जना र एन्टीजेनबाट ७ सय १३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घन्टामा ३ हजार ९ सय ९४ जना कोरोनामुक्त भएका छन् भने ४६ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ६ जनाको मात्र परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया