

प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्न जसपाको ह्वीप

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्न सत्तारुढ ह्वीप लगाएको छ ।
जसपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले संसदीय दलको बैठकमा सचेतकलाई ह्वीप लगाउन निर्देशन दिएको आधारमा ह्वीप लगाइएको सांसद रामाशिष यादवले जानकारी दिए ।
प्रदेशसभामा जेठ २७ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शनिबारदेखि छलफल प्रारम्भ भएको छ । आइतबार थप छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।
पार्टीभित्रको पूर्व राजपा समूह संघीय सरकारमा गएपछि पूर्व समाजवादी समूहले प्रदेश सरकारबाट पूर्व राजपाका मन्त्रीलाई हटाएर कांग्रेसलाई सरकारमा ल्याएको छ ।

