

विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्किँदै

काठमाडाैं – फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुग्ने भएको छ । नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाडाैं ओर्लने छ ।
नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो । छनोटको खेलअघि इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।
छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलमा ६ अङ्क जोड्यो । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिसकेको छ तर प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

