कर्णाली : आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक, संघीय सरकारको सिको गर्दै सरकारी कर्मचारीलाई बढाईयो सेवा


सुर्खेत – कर्णाली सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सभामा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा वितरणमुखी कार्यक्रम धेरै समावेश गरिएका छन् ।

सहिद परिवारलाई भत्ता उपलब्ध गराउनेदेखि सरकारी कर्मचारीलाई पर्यटन खर्च दिनेसम्मका योजना नीति कार्यक्रमले समेटेको छ ।

‘न्यूनतम जीविकोपार्जन एवम् सम्मानका लागि सहिदका परिवारलाई आमा बुवाको पहिलो हकाधिकार हुने गरी मासिक रु. दुई हजार सहिद स्मृति भत्ता उपलब्ध गराइनेछ,’ प्रदेश प्रमुख कलौनीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै भने, ‘जनआन्दोलन, जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनको क्रममा घाइते, अपाङ्ग भएका व्यक्तिहरूलाई अधिकतम मासिक रु. दुई हजारसम्म जीवन निर्वाह भत्ता उपलब्ध गराइनेछ ।’

यस्तै कर्णाली प्रदेशलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । यसका लागि प्रदेश पर्यटन गुरुयोजना अनुसारका गन्तव्य विकास र प्रवद्र्धन गरिनेछ । संघीय सरकारको सिको गर्दै सरकारी कर्मचारीलाई पर्यटन खर्चसहितको १२ दिनको पर्यटन बिदा सरकारले दिने भएको छ ।

प्रतिक्रिया