प्युठानमा सरकारी गाडी दुर्घटना हुँदा चालकको मृत्यु


प्युठान – प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ ।

सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ । आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइँदै गरेको गैरेको भनाइ छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया