नरोत्तम वैद्य प्रकरणमा किन मौन छन् माधव नेपाल?

कांग्रेसले माफी माग्न निर्देशन दियो, वैद्य सच्याउन तयार भए तर एमालेका संस्थापनइतर र माओवादी केन्द्र प्रतिवाद नगरी बस्नुको कारण


काठमाडौंबागमती प्रदेश सभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धनाथुराम गोड्से बन्नुपर्ने धारणाको सर्वत्र आलोचना हुँदा पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल मौन रहेका छन्।

ओलीका साना निर्णयमा प्रतिवाद गरी विज्ञप्ति जारी गर्ने नेपाल मौन बसीरहे पनि उनी पक्षीय नेता मेटमणि चौधरीले बैद्यको अभिव्यक्तिको समर्थन गरेका छन्। कांग्रेसले विज्ञप्ति निकालेर नै अभिव्यक्ति फिर्ता लिन भनेको भने वैद्यले पनि प्रदेश सभामा सच्याउने बताइसकेका छन्।

यस्तो परिघटनाबीच नेपालले किन प्रतिवाद गरेनन्?

ओलीसँग आजित भएका कारण उनमा प्रतिवाद गर्नुपर्छ भन्ने नलागेको हुनसक्छ। अर्कोचाहिँ ओलीको मिर्गौला प्रत्यारोपणको क्रममा पनि उनले खासै स्वास्थ्यलाभको कामना गरेका थिएनन्, एमालेका एक नेता भन्छन्,‘नवौं महाधिवेशनमा पनि ओलीको मृत्यु हुने विषयको प्रचार जगन्नाथ खतिवडामार्फत गरिएको थियो नि!

मानवीय संवेदनाका हिसाबले पनि यस्तो अभिव्यक्तिको प्रतिवाद आवश्यक थियो। तर, नेपाल पक्षका नेता चौधरीले समर्थन नै गर्नु लज्जास्पद रहेको कतिपयको भनाई छ।

सामाजिक सञ्जालमा यसको चर्चा व्यापक छ। ट्वीटरमा जैनेन्द्र जीवन लेख्छन्,‘नरोत्तम वैद्यको अभिव्यक्तिमा कांग्रेसका प्रवक्तादेखि थुप्रै अरु नेताले बरु शब्द फिर्ता लिइ माफी माग्न सुझाएको देखियो।तर एमालेका माधव पक्षीयहरु कसैले सो अभिब्यक्तिको बिरोध गर्ने शिश्टाचार निर्बाह गरेको सम्म नि पाइएन।

जीवन अगाडि थप्छन्,‘ओली पक्षीयहरुले भने कानुनी कारबाइ नै हुनुपर्ने भन्दै एक स्वरमा सल्लाह गरेकै झैं त्यस्को बिरोध गरेको पाइयो। हुन उनीहरु दुबै थरीको यतिखेरको मनोदशा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको समयको दुबै खेमाका ट्ीवटमा व्यक्त आरोप प्रत्यारोपले इङ्गित गरेको भन्दा पनि बढी शत्रुतापूर्ण छ। गोड्से’’ अभिव्यक्ति त्यस्को अगाडि के भो, के हो र?

उता माओवादी केन्द्र कुनै बेला ओलीसँग सहकार्य गरेका पुष्पकमल दाहाल प्रचण्डले पनि प्रतिवाद गरेका छैनन्। वैद्यको अभिव्यक्ति फिर्ताका लागि माओवादीले कुनै औपचारिकता पनि निभाएको छैन।

एमालेले भने विज्ञप्ति जारी गरेरै कानुनी कारबाहीको माग गरेको छ।

प्रतिक्रिया