

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा आउँदो भदौमा गर्ने भनिएको १४ औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।
छलफलमा पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाइएको छ । कोरोना महामारीकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा सभापति देउवाले पदाधिकारीको राय लिने छन् ।
नेपाली कांग्रेसको महाधिवेशन पोहोर नै गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन् । कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको छ र यो समय भदौमा समाप्त हुँदैछ ।

