नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ


काठमाडौं – नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।

प्रतिक्रिया