मन्त्री थापा उपस्थित नहुने सहमति पछि सुरु भयो कर्णाली प्रदेशसभा बैठक


सुर्खेत – कर्णाली प्रदेश सभा बैठक पुन: शुरु भएको छ । तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई प्रदेशसभामा उपस्थित नहुने शर्तमा कर्णाली प्रदेश सभा बैठक पुन: शुरु भएको हो ।

कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएको हो ।

उनीमाथिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र यही जेठ ३० मा पेशीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थित नगराउने र बैठक नियमित सञ्चालन गर्ने दुई बुँदे सहमति भएको बुढाथोकीले बताए ।

 

प्रतिक्रिया