सुनको मूल्य ३०० रुपैयाँले घट्यो


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो ।
बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया