

पञ्चेबाजाका गुरुको निधन

दुल्लु – दैलेखमा पञ्चेबाजा र दाइने दमाह बाजाका गुरु मानिने मानबिरे दमाईँको निधन भएको छ । आठबिस नगरपालिका –१ का दमाईको ८८ वर्षको उमेरमा आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए।
दमाईँ लामो समयदेखि दमको रोगबाट पीडित थिए । कुनै बेला कुनै गाउँमा पञ्चेबाजा, हुड्के नाचमा उनको माग हुने र उनको दमाह बज्दा गाउँमा भीड नै लाग्ने गरेको थियो । ठुला घरमा विवाह उत्सवमा हुँदा प्रायः उनले नै बजाउने गर्दथे ।
पूर्व राज्यमन्त्री शिवराज जोशी, आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायलगायत विभिन्न जनप्रतिनिधिले दमार्ईँको निधनबाट अपूरणीय क्षति भएको बताउँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

