एकदिनमा ८७ हजारमा झर्यो भारतमा संक्रमित हुनेको संख्या


काठमाडौं – भारतमा दुई महिनायताकै सबैभन्दा कम कोरोना संक्रमित देखिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा एक लाभन्दा कम संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ११५ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा हालसम्म २ करोड ८९ लाख ९६ हजार ९ सय ४९ जना संक्रमित पुगेका छन् भने ३ लाख ५१ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ करोड ७३ लाख ३६ हजार ७९९ जना रहेका छन् ।

पछिल्ला दिनमा विश्वभर संक्रमितको संख्या घट्दै जान थालेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ३ लाख १० हजार ७ सय ८० जना संक्रमित थपिएका छन् भने ७ हजार ८८५ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर १७ करोड ४३ लाख ६६ हजार २ सय ४१ जना संक्रमित पुगेका छन् भने ३७ लाख ५१ हजार ८ सय ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

विश्वमा सबैभन्दा धेरै संक्रमित हुने र ज्यान गुमाउने अमेरिकामा रहेका छन् भने त्यसपछि संक्रमितमा भारत र मृतकमा ब्राजिल रहेका छन् । अमेरिकामा हालसम्म ३ करोड ४२ लाख २७ हजार २ सय ३७ जना संक्रमित भएका छन् भने ६ लाख १२ हजार ७ सय १ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा भने १ करोड ६९ लाख ८५ हजार ८१२ जना संक्रमित भएका छन् भने ४ लाख ७४ हजार ६ सय १४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया