भारतमा चट्याङ लागेर २३ जनाको गयो ज्यान


नयाँदिल्ली – भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो ।

साथै धेरै व्यक्ति घाइते भएका छन् । सरकारी अधिकारीले यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया